Skip to content

असारे झरी

असारे झरी, हिजो र आज, परेको परिछ आकाश हेर्दा, बादल लागि, अँध्यारो गरिछ ।खबर गरि, पर्दैन पानी, एक्कासि बर्सिन्छ खुलेको हुन्छ, मौसम फेरि, छिनमै गर्जिन्छ ।  गाउँमा होला, यो बेला माग, …

N

Naresh Bhattarai

16 Jul 2026

⏱ 1 मिनेट 👁 196 💬 1

असारे झरी, हिजो र आज, परेको परिछ 

आकाश हेर्दा, बादल लागि, अँध्यारो गरिछ ।

खबर गरि, पर्दैन पानी, एक्कासि बर्सिन्छ 

खुलेको हुन्छ, मौसम फेरि, छिनमै गर्जिन्छ ।  

गाउँमा होला, यो बेला माग, आकाशे पानीको 

डर छ साच्चै, तराई तिर, आधी र बाढीको ।

देशमा केहि, नहोला भन्न, सकिन्न अहिले 

विपद बोकि, आउँछ सधैं, वर्खामा झरिले ।

तयारी हुनु, परेको बेला, खटिनु पर्नेछ 

एउटा कुनै, समस्या जैले, सिर्जना गर्नेछ ।।

लेखक छाया पुन मगर

📤 शेयर गर्नुहोस्

📘 Facebook 🐦 Twitter 💬 WhatsApp

लेखकको बारेमा

💬 टिप्पणीहरू 1

टिप्पणी लेख्नुहोस्

टिप्पणीहरू समीक्षापछि प्रकाशित हुन्छन्।

J

Jwala Gurung

1 महिना अघि

वाह! असारे झरीको यथार्थ चित्रण। भाषा र भाव दुवै मिलेको छ 👏
https://www.glocalnotes.com

📧 न्यूजलेटर सब्सक्राइब

नयाँ कथाहरू सिधै इमेलमा।